वार्नरले काठमान्डु गोर्खाजबाट एनपिएल खेल्ने
gorkhapatraonline.com · Tue Sep 15 08:59:43 GMT 2026
विश्व क्रिकेटका ब्याटिङ हस्ती डेभिड वार्नरले काठमान्डु गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट खेल्ने हुनुभएको छ । अस्ट्रेलियाका वार्नर काठमान्डु गोर्खाजबाट तेस्रो सिजनको एनपिएल खेल्न दशैंपछि नेपाल आउनुहुनेछ ।
एनपिएल खेल्न आउने विदेशी खेलाडीमा उनहाँ अहिलेसम्मका सबैभन्दा ठुला नाम हुनुहुन्छ । अस्ट्रेलियाले सन् २०१५ र २०२३ मा एकदिवसीय विश्वकप र २०२१ मा टी–२० विश्वकप जित्दा वार्नर टोलीका प्रमुख खेलाडी हुनुहुन्थ्यो । २०२१ को टी–२० विश्वकपमा उहाँ ‘प्लेयर अफ द सिरिज’ मा चुनिनुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)