ब्रह्माण्ड इन्भेष्टमेन्ट ग्रुपको लगानी रहेको बेनी खोला सेयर बजारमा सूचीकृत हुँदै
annapurnapost.com · Tue Sep 15 08:52:13 GMT 2026

काठमाडौं : ब्रिटिश सेना र सिंगापुर प्रहरीमा कार्यरत नेपाली सैनिक तथा पेशाकर्मीहरूको सामूहिक बचतबाट स्थापना भएको लगानी कम्पनी ब्रह्माण्ड इन्भेष्टमेन्ट ग्रुप (बिग) को लगानी रहेको बेनी खोला जलविद्युत् आयोजना सेयर बजारमा सूचीकृत हुने भएको छ।
नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्दै आएको बिगले सुरुवाती चरणदेखि नै बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडमा लगानी गरेको थियो । विदेशमा कार्यरत नेपालीले आफ्नो आम्दानीको हिस्सा स्वदेशमै लगानी गरी नेपालको आर्थिक तथा पूर्वाधार विकासमा योगदान पुर्याउने उद्देश्यले स्थापना गरिएको कम्पनीले पछिल्लो समय आफ्नो लगानीको दायरा विस्तार गर्दै लगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)