चौधरी ग्रुप र नबिल बैंकले गरे बाढीग्रस्त क्षेत्रमा १५ करोडको राहत तथा पुनर्स्थापना योजना घोषणा
kendrabindu.com · Sat Aug 29 03:15:18 GMT 2026

काठमाडौं । चौधरी फाउन्डेसन र नबिल बैंकले बाढी प्रभावित समुदायका लागि बहुचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रम घोषणा गरेको छ । भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै चौधरी फाउन्डेसन र नबिल बैंकले बाढीबाट प्रभावित समुदायलाई राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्याउने साझा प्रतिबद्धतासहित करिब १५ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।
यो रकम बहुचरणमा कार्यान्वयन गरिने बृहत् राहत तथा पुनर्स्थापना कार्यक्रम सञ्चालन गरिनेछ । जारी प्रेस विज्ञप्तिमा बाढी प्रभावित परिवारका तत्कालीन आवश्यकतालाई सम्बोधन गर्नुका साथै उनीहरूलाई आपत्कालीन राहतबाट सुरक्षित आवास, पुनर्स्थापना तथा दीर्घकालीन सामुदायिक उत्थानशीलतातर्फ अघि बढ्न आवश्यक सहयोग उपलब्ध गराइने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)