‘ढुंगा खोज्दा देउता मिल्यो’ भनेजस्तै भयो’: प्रियना आचार्य, अभिनेत्री
kalakarmi.com · Tue Sep 15 09:01:43 GMT 2026

काठमाडौं– यही असोज २ गते शुक्रवारदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘कार्की साइँला’ की मुख्य अभिनेत्री हुन् प्रियना आचार्य । ट्रेलर रिलिज भएसँगै दर्शकबाट राम्रो साथ पाइरहेको ‘कार्की साइँला’ बाट अभिनेत्री आचार्यले ठूलो आशा राखेकी छिन् । गाउँलेको भारी बोकेर जीविकोपार्जन गर्ने भरिया ‘कार्की साइँला’ को संघर्ष, वैवाहिक जीवन, सन्तान प्राप्तिको चाहना तथा सामाजिक दृष्टिकोणमा आधारित यस फिल्ममा ‘कार्की साइँला’ को भूमिकामा अभिनेता जितु नेपाल छन् भने अभिनेत्री आचार्यले उनकी कान्छी श्रीमतीको भूमिका निर्वाह गरेकी छिन् । फिल्ममा अभिनेत्री आचार्यले कार्की साइलालाई दुःख–सुखमा भरपुर साथ दिएको भूमिका निर्वाह गरेकी छिन् । ‘छोरी मान्छेलाई रुन सजिलो छ, तर छोरा मान्छेलाई रुन एकान्त नै चाहिने रहेछ’ जस्ता संवादले पनि अभिनेत्री आचार्यको पात्रले कार्की साइलाका संघर्ष र सपनाहरू बुझ्ने कुरा पुष्टि गर्छ । यही सन्दर्भमा अभिनेत्री प्रियाना आचार्यसँग कलाकर्मी ले गरेको गरिएको कुराकानीको सम्पादित अंश:
‘कार्की साइँला’ का लिड रोलमा हुनुहुन्छ, घर–परिवारबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)