नवलपरासीमा खुर्पा प्रहार गरी श्रीमतीको हत्या
ratopati.com · Tue Sep 15 09:06:02 GMT 2026

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनय त्रिवेणी गाउँपालिका–३ चिसापानीमा श्रीमानले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।
चिसापानी बस्ने अन्दाजी ४३ वर्षीय शेरबहादुर विकले आफ्नै श्रीमती अन्दाजी ४० वर्षीया उनिमाया विकलाई घाँटीमा धारिलो हतियार खुर्पा प्रहार गरेका हुन्। खुर्पा प्रहारबाट उनिमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)