भारतको कर्नाटकमा फ्रिज विस्फोट हुँदा एकै परिवारका चार जनाको मृत्यु
gorkhapatraonline.com · Tue Sep 15 09:15:58 GMT 2026

भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा मंगलबार बिहान फ्रिज विस्फोट हुँदा एकै परिवारका कम्तीमा चार जनाको मृत्यु भएको छ । घटनामा अन्य दुई जना घाइते भएका छन् ।
प्रहरीका अनुसार बेलगावी जिल्लाको सेन्ट्रल बस स्ट्यान्ड नजिकै रहेको चाभाट गल्लीमा परिवार बस्दै आएको स्थानमा बिहानै फ्रिज विस्फोट भएको थियो । घटनामा घाइते भएका दुई जनाको शरीरमा करिब ६० प्रतिशतसम्म जलेको बताइएको छ । बेलगावी कर्नाटकको राजधानी बेंगलुरुदेखि करिब ५०६ किलोमिटर उत्तरपश्चिममा पर्छ । घटनाबारे प्रहरीले मुद्दा दर्ता गरी विस्फोटको कारण पत्ता लगाउन अनुसन्धान अघि बढाएको जनाएको छ । रासस/सिन्ह्वा
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)