राष्ट्रिय टेबलटेनिस : संयोग र नविताको जोडी च्याम्पियन
ratopati.com · Sat May 30 14:43:56 GMT 2026
काठमाडौँ । नेपाल प्रहरीका संयोग कपाली र नवीता श्रेष्ठको जोडीले ४२औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको मिक्स डबल्समा शनिबार स्वर्ण जितेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा संयोग र नविताको जोडीले बागमती प्रदेशका प्रजिल भट्टराई र आश्मा पहरीको जोडीलाई ११–२, ११–४ र १५–१३ को सोझो सेटमा पराजित गरे । एपीएफका राजिव चिकवन्जार र योङगी पौडेल तथा नेपाल आर्मीका जयस्नु महर्जन र सुरम्य शाक्यको जोडी तेश्रो भए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)