नवलपुरमा खुर्पा प्रहार गरी श्रीमतीको हत्या
annapurnapost.com · Tue Sep 15 09:20:07 GMT 2026

नवलपुर : जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–३ चिसापानीमा श्रीमानले खुर्पा प्रहार गर्दा श्रीमतीको घटनास्थलमै मृत्यु भएको छ।
मंगलबार बिहान करिब ८ः४५ बजे ४३ वर्षीय शेरबहादुर विकले उनकी श्रीमती ४० वर्षीया उनिमाया विकको घाँटीमा धारिलो हतियार (खुर्पा) प्रहार गरेको प्रहरीले जनाएको छ। खुर्पा प्रहारबाट गम्भीर घाइते भएकी उनिमायाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक मोहन कुमार खड्काले जानकारी दिए। उनिमाया शेरबहादुर कि कान्छी श्रीमती हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)