जब सुकुम्वासी र स्ववासीले पाए लालपुर्जा, रहेन् खुसीको सीमा
annapurnapost.com · Tue Sep 15 09:43:49 GMT 2026

जनकपुरधाम : सबैला नगरपालिका–६ की गीताकुमारी मण्डलले ऐलानी जग्गा करिब पुस्तौदेखि हकभोग गर्दै आइरहेकी छन्। जग्गा भएर पनि सुकुम्वासीको जस्तो जीवन बिताउन बाध्य भएका मण्डल यतिबेला भने खुसी भएकी छन्। सबैलाको आसपास क्षेत्रमा नाप जाँच कार्य २०७२ सालमै नक्सा सम्पन्न भएपनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण हुन सकेको थिएन। तर लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेर अहिले गीताकुमारी मण्डलले जग्गाधनी प्रमाण पुर्जा पाएपछि उनको खुसीको सीमा छैन्।
सरकारले १०० दिन भित्र सुकुम्वासीहरुलाई लालपुर्जा दिने प्रतिबद्धताकाबीच नापी कार्यालयले जग्गा वितरणको काम सुरु गरेसँगै सबैलाका भुमिहिनले लालपुर्जाको निस्सा पाएपछि उनीहरु खुसी छन्। ‘जग्गा भएर पनि सुकुम्वासी जस्तो भएर बस्नु परेको थियो। मण्डल भन्छिन, ‘पहिले नै लालपुर्जा पाएको भए त्यही राम्रो घर बनाउने थिए। पहिल्यै सरकारले भगाउँछ की भने ठुलो डर थियो तर अब लापुर्जा पाएपछि ढुक्क भएको छ। अब जग्गा बैंकमा राखेर कैयौँ काम गर्नपनि सकिन्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)