‘नबिल बर्न केयर’बाट जलनका बिरामीले पाए निःशुल्क उपचार
baahrakhari.com · Tue Jun 23 10:48:09 GMT 2026

काठमाडौं । आगोले जलेर उपचारको अभावमा पीडा भोगिरहेका जलनका बिरामीलाई लक्षित गर्दै सञ्चालन गरिएको ‘नबिल बर्न केयर प्रोजेक्ट’ अन्तर्गत बिरामीले उपचार तथा परामर्श पाएका छन् ।
कञ्चनपुरका ४२ वर्षीय भरत लुहारले आगोले जलेपछि आर्थिक अभावका कारण लामो समयसम्म उपचार पाउन सकेका थिएनन् । तीन महिनापछि ‘नबिल निःशुल्क जलन शिविर’मार्फत उपचार पाएपछि उनको हात र खुट्टाको अवस्था सुधार भएको छ । शल्यक्रियापछि उनको घाउ निको भएको र हातका औँला समेत चल्न थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)