यस्तो छ जनमत पार्टी महाधिवेशनको निर्वाचन कार्यक्रम
ratopati.com · Tue Sep 15 10:06:51 GMT 2026

काठमाडौँ । जनमत पार्टीले महाधिवेशनको तयारी तीव्र पारेको छ । असोज ९ र १० गते पर्साको वीरगञ्जमा हुन लागेको दोस्रो महाधिवेशनका लागि निर्देशिका तयारीदेखि अन्य दस्तावेजको तयारी अन्तिम चरणमा पुगेको जनमत पार्टीले जनाएको छ ।
निर्वाचनसम्बन्धी निर्देशिकाअनुसार महाधिवेशनबाट १०० जना केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्य निर्वाचित हुनेछन् । बाँकी ५१ सिटमा समावेशी ढंगबाट मनोनित गरिने जनमत पार्टीले जनाएको छ । कार्यकारिणी समितिमा ४० वर्षमुनिका युवा तथा महिलाको सहभागिता एकतिहाइ पुर्याउने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)