भोटेकोशी बाढी प्रभावितका लागि उच्चस्तरीय संसदीय समिति बनाउन माग
nepalnews.com · Tue Sep 15 10:07:41 GMT 2026

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवाको भोटेकोशी बाढीपछिको राहत, खोज तथा उद्धार, पुनर्निर्माण र पुनःस्थापनाका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरेकी छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उपनेता अर्यालले सरकार तथा अन्य सम्बन्धित पक्षले राहत, खोज तथा उद्धार र पुनर्निर्माणका कामलाई तीव्रता दिनुपर्ने बताइन्। साथै, विदेशी सहयोग समेत समयमै परिचालन गर्न सरकारले प्रभावकारी पहल गर्न नसकेको टिप्पणी गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)