बाढी प्रभावित १६३ विदेशीसहित २ हजार ४६५ जनाको हवाई उद्धार
kendrabindu.com · Sat Aug 29 03:26:07 GMT 2026

काठमाडौं । रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धार निरन्तर रूपमा चलिरहेको छ। आज बिहान ८ बजेसम्ममा नेपाली सेनाका हेलिकप्टरबाट २ हजार ४ सय ६५ जनाको उद्धार भएको छ।
भदाै १० गतेको विनाशकारी बाढीबाट प्रभावित टिमुरे, स्याफ्रुवेशी, धुन्चे तथा मैलुङ इलाकाहरूबाट नेपाली सेनाका हवाई साधनमार्फत विदेशी नागरिक मात्रै १६३ जनाको हवाई उद्धार गरिएको सेनाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)