देउवाको अपिल : सानेपाबाट हुने महाधिवेशन अमान्य, मंसिरमै १५औँ महाधिवेशन हुन्छ
himalpress.com · Tue Sep 15 11:01:21 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको विधि, विधान र केन्द्रीय समितिको निर्णयविपरीत हुने महाधिवेशनलाई अस्वीकार गर्न नेताकार्यकर्तालाई आह्वान गरेका छन्। उनले विशेष महाधिवेशनबाट आएको समूहले सानेपाबाट अघि बढाउने महाधिवेशनमा सहभागी नहुनसमेत अपिल गरेका छन्।
देउवाले मंगलबार सार्वजनिक गरेको अपिलमार्फत आफू १४औँ महाधिवेशनबाट विधिवत् निर्वाचित सभापति भएकाले पार्टीको १५औँ महाधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक र नैतिक दायित्व भएको उल्लेख गरेका छन्। उनले आगामी मंसिर २१, २२ र २३ गते हुने १५औँ महाधिवेशनको तयारीमा जुट्न कांग्रेसका नेताकार्यकर्तालाई आग्रह गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)