एन आई सी एशिया बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटीका होटल र केवलकारमा छुट सुविधा
annapurnapost.com · Tue Sep 15 11:10:15 GMT 2026

काठमाडौं : एन आई सी एशिया बैंकका ग्राहकहरुलाई आईएमई हस्पिटालिटी अन्तर्गतका होटल तथा केवलकार सेवामा १० प्रतिशत छुट पाइने भएको छ।
एन आई सी एशिया बैंक लिमिटेड र आईएमई हस्पिटालिटीबीच बैंकका ग्राहकहरुलाई विभिन्न स्थानमा रहेका होटल तथा केवलकार सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ। उक्त समझदारी पत्रमा बैंकको तर्फबाट ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख पुजन लाल अमात्य र आईएमई हस्पिटालिटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मण थापाले हस्ताक्षर गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)