सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स
khabarhub.com · Tue Sep 15 11:26:48 GMT 2026
काठमाडौं – सुदूरपश्चिम रोयल्सले प्राइम टायल्सलाई आफ्नो आधिकारिक प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरका रूपमा अनुबन्ध गरेको छ । प्राइम टायल्सका अध्यक्ष आशिष गर्ग र सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काबीच सम्झौतापत्रमा हस्ताक्षर भयो ।
यस साझेदारीसँगै प्राइम टायल्सले एनपीएलको तेस्रो संस्करणभर सुदूरपश्चिम रोयल्ससँग सहकार्य गर्दै नेपाली क्रिकेट र स्थानीय खेल प्रतिभाको विकासमा साथ दिने जनाएको छ। प्राइम टायल्सका अध्यक्ष आशिष गर्गले यो साझेदारी ब्रान्डको प्रचारभन्दा पनि नेपाली समुदाय र क्रिकेटसँगको प्रतिबद्धताको विस्तार भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)