अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने
nepalnews.com · Sat Jun 27 14:09:01 GMT 2026

सिड्नी। अष्ट्रेलियाले विश्वमा नै पहिलो पटक १६ वर्षमुनिका किशोरकिशोरीहरूका लागि लागू गरेको सामाजिक सञ्जाल प्रतिबन्धको उल्लङ्घन गर्नेलाई रोक्न प्लेटफर्महरूलाई पहिलेको भन्दा दोब्बर बढी आर्थिक जरिवाना लगाउने घोषणा गरेको छ । सरकारले शनिबार यो जानकारी दिएको हो।
नयाँ कानुनले प्रणालीगत उल्लङ्घनमा अधिकतम जरिवाना अस्ट्रेलियन डलर ९९ मिलियन (६८ मिलियन अमेरिकी डलर) पुर्याउने छ र अनलाइन नियामक निकाय इ–सेफ्टीलाई प्लेटफर्महरूलाई नियमन गर्न थप सशक्त बनाउनेछ । सरकारले जारी गरेको विज्ञप्तिमा स्वतन्त्र नियामकले फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, टिकटक र युट्युबको सम्भावित गैर–अनुपालनको ‘सक्रिय अनुसन्धान’ गरिरहेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)