‘जेनजी’ आन्दोलनमा भागेका कैदी ब्राउनसुगरसहित पक्राउ
baahrakhari.com · Sat Jun 27 14:07:00 GMT 2026

पोखरा । गत वर्ष भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका कैदी लागुऔषधसहित समातिएका छन । पक्राउ पर्नेमा पोखरा महाहनगरपालिका–१५, नयाँगाउँका ३३ वर्षीय नरेश गुरुङ छन् ।
शनिबार (असार १३) बिहान करिब ३ बजे पोखरातर्फ आउँदै गरेको सार्वजनिक सवारीसाधन चेकजाँच गर्ने क्रममा गुरुङको साथबाट ६ ग्राम ब्राउनसुगर र एकथान मोबाइल बरामद गरिएको थियो । त्यससँगै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)