इभी गाडी दुर्घटना हुँदा ४ जनाको घटना स्थलमै मृत्यु
rajdhanidaily.com · Tue Sep 15 11:43:26 GMT 2026

हेटौडा । हेटौडा–भीमफेदी–कुलेखानी–फाखेल सडक खण्डमा काठमाडौंबाट बिरगन्जतर्फ आउँदै गरेको इभी गाडी दुर्घटना हुँदा घटनास्थलमै ४ जनाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार म.प्र.०३–००१ ज ०७२० नं. को यात्रु बहाक इभी गाडी भीरमा गाडीमा चालकसहित ८ जना सवार थिए ।
४ जना घाइतेलाई प्रहरीले उद्धार गरेर उपचारका लागि अस्पताल पठाएको छ । प्रहरीका अनुसार दुई पुरुष र एक महिलालाई काठमाडौं पठाएको र एकजनालाई हेटौडा पठाइएको छ । घटना’bout बिस्तृत विवरण आउन बाँकी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)