सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
himalpress.com · Sat Jun 06 04:26:02 GMT 2026

सुनसरी- सुनसरी कोशी गाउँपालिका ८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । त्रियुगा नगरपालिका २ घर भएका प्रहरी जवान ३२ वर्षीय रन्दीप पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।
प्रहरी जवान पौडेलले चलाएको स११प २५०० नम्बरको मोटरसाइकल प्र १-०२-००३ ह १०५२ नम्बरको सिटी सफारीसँग ठोक्किँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । पौडेल प्रहरीचौकी कोशी ब्यारेजमा कार्यरत थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)