गुठी विधेयक चाँडै ल्याइन्छ : मन्त्री रावल
canadanepal.com · Tue Sep 15 12:18:45 GMT 2026

काठमाडौं -भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले गुठी जग्गा व्यवस्थापनका लागि आवश्यक कानुनको तर्जुमा भइरहेको जानकारी दिएकी छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै मन्त्री रावलले धर्म, सभ्यता, सम्पदा, परम्परा, संस्कृति, अभ्यास, सार्वजनिक सम्पत्तिको संरक्षण आदिलाई ध्यान दिएर कानुनको मस्यौदा भइरहेको जानकारी दिइन्। उनले विज्ञ र सरोकार भएका व्यक्ति सरकारले घनिभूत अध्ययन र छलफल गरिरहेकाले यथाशीघ्र विधेयक प्रस्तुत गरिने विश्वास दिलाइन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)