एक लाख ८५ हजार डोज वीर्य उत्पादन
gorkhapatraonline.com · Tue Jun 23 13:06:06 GMT 2026

बाँकेको खजुरा गाउँपालिका –२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले कार्यालयमा रहेका विभिन्न जातका मुर्रा राँगा, साँढे तथा बोकाबाट चालु आवको जेठ महिनासम्म ११ महिनाको अवधिमा एक लाख ८५ हजारभन्दा बढी डोज वीर्य उत्पादन गरेको छ ।
मङ्गलबार कार्यालयको ४७ औँ फार्म दिवसका अवसरमा कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. खिमानन्द खनालले चालु आवको जेठ महिनासम्म कार्यालयबाट भए गरेका प्रगति विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)