प्रधानमन्त्री राहत कोषमा जसपा नेपालको २१ लाख सहयोग
setopati.com · Tue Sep 15 12:29:41 GMT 2026

जनता समाजवादी पार्टी (जसपा), नेपालले रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीपीडितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ।
भदौ १६, १७ र १८ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको निर्णयअनुसार भदौ ३० गते पार्टीका महासचिवद्वय प्रकाश अधिकारी र डा. सुरेन्द्रकुमार झा, विपद् व्यवस्थापन तथा राहत आर्थिक सहयोग संकलन समितिका संयोजक एवम् पार्टी सचिव शैलेन्द्र प्रसाद साह तथा सदस्यहरू वीरेन्द्र प्रधान, रमेशबाबु श्रेष्ठ, पेशल ढकाल र भुवनेश्वर चौधरी सम्मिलित प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर चेक हस्तान्तरण गरेको जसपाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)