बाढी प्रभावित क्षेत्रमा टेलिकमको सेवा पुनः सञ्चालनमा, ग्राहकलाई थप ३ दिन नि:शुल्क सेवा
techpana.com · Thu Aug 27 09:53:48 GMT 2026

काठमाडौं । नेपाल टेलिकमले विपद्का कारण रसुवा-नुवाकोट क्षेत्रमा अवरुद्ध दूरसञ्चार सेवाहरू पुनः सञ्चालनमा ल्याउन थालेको छ । टेलिकमले प्रभावित क्षेत्रहरूमा द्रुत गतिमा सेवा पुनःस्थापना गर्दै ग्राहकहरूलाई राहतको घोषणा समेत गरेको हो ।
कठिन भौगोलिक क्षेत्रहरूमा सेवा नियमित गर्न टेलिकमले हवाई मार्गको समेत प्रयोग गरेको छ । रसुवाको न्यौपानेचौर र राम्चे रिपिटर साइटमा हेलिकप्टरमार्फत जेनेरेटर तथा ब्याट्री पठाएर आसपासका क्षेत्रहरूमा सेवा पुनः सञ्चालनमा ल्याइएको छ । त्यसैगरी, रसुवाकै धुन्चेमा जेनेरेटर, इन्धन र कर्मचारी खटाएर सेवा सञ्चालनको चुस्त व्यवस्था मिलाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)