बाढीपीडित अझै सम्पर्कविहीन
gorkhapatraonline.com · Sat Aug 29 03:43:28 GMT 2026

गण्डकी प्रदेशका बाढी प्रभावित नौ जिल्लाका सम्र्पकविहीन भएका एक सयभन्दा बढी शुक्रबारसम्म पनि सम्पर्कविहीन रहेका छन् । जिल्ला प्रशासन कार्यालयले दिएको जानकारी अनुसार सम्पर्कबाहिर हुनेमा गोरखा, कास्की, नवलपरासी (बर्दघाट सुस्तापूर्व) र बागलुङका धेरै छन् । रसुवा घुम्न गएका, जागिर र कामका सिलसिलामा त्यहाँ पुगेका सम्पर्कभन्दा बाहिर छन् । गोरखाका ५० जना सम्पर्कबाहिर हुँदा कास्कीबाट विवरण टिपाइएकाको सङ्ख्या ३२ पुगेको छ ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बिहीबारसम्म १६ जना सम्पर्कबाहिर रहेको विवरण रहेकोमा शुक्रबार दोब्बर भएको उल्लेख गर्नुभयो । “कास्कीबाट धेरै सम्पर्कविहीन भएको देखियो, आफन्त विवरण टिपाउन आउने क्रम जारी छ,” उहाँले भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)