एकीकृत समाजवादीका मन्त्रीहरु तत्काल परिवर्तन नहुने
saralpatrika.com · Mon Jun 06 11:14:00 GMT 2022
काठमाडौं । सत्ता गठबन्धनबीच तत्काल मन्त्री परिवर्तन नगर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा तत्काल मन्त्रीहरु परिवर्तन नगर्ने सहमति भएको हो । आइतबार नेकपा एकीकृत समाजवादीले कानुनमन्त्रीबाहेक अन्य पाँच मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हिजै प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्री बन्नेहरुको सूची बुझाएका थिए । पार्टीले सरकारबाट फिर्ता बोलाउने निर्णयसँगै समाजवादी पार्टीका तर्फबाट मन्त्री भएकाहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफूलाई यथावत राखिदिन आग्रह गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)