रास्वपाको बन्दसत्रमा सकस, महाधिवेशन एक दिन थपिन सक्ने
barnanmedia.com · Tue Jun 23 14:37:28 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता एवं सांसद मनिष झाले भरतपुरमा जारी पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनअन्तर्गतको बन्दसत्र व्यवस्थापकीय तथा प्राविधिक चुनौतीका कारण केही ढिलाइ भएको स्वीकार गरेका छन्। मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता झाले अपेक्षित सङ्ख्याभन्दा बढी प्रतिनिधिहरू सहभागी भएकाले व्यवस्थापनमा केही जटिलता थपिएको र यसका कारण महाधिवेशनको तालिका एक दिन थपिन सक्ने सङ्केत गरे।
उनका अनुसार प्रतिनिधिहरूको अनलाइन तथा भौतिक दर्ता, नामावली व्यवस्थापन र आवश्यक सामग्री (किट) वितरणजस्ता प्राविधिक तयारीहरू समयमै पूरा हुन नसक्दा बन्दसत्र निर्धारित समयभन्दा ढिलो सुरु भएको हो। यद्यपि, सबै कानुनी र प्राविधिक प्रक्रियाहरू पूरा गरेर मंगलबारदेखि नै बन्दसत्रलाई व्यवस्थित रूपमा अघि बढाइएको उनले प्रष्ट पारे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)