सशस्त्र प्रहरी नायब महानिरीक्षक किरण बस्नेतकाे टोली त्रिशुली ३ ‘बी’ काे निरीक्षणमा
kendrabindu.com · Tue Sep 15 13:56:19 GMT 2026

नुवाकोट। राष्ट्रिय गौरव तथा महत्वपूर्ण ऊर्जा आयोजनाको रूपमा रहेको अपर त्रिशुली जलविद्युत आयोजना ३ ‘बी’ को सुरक्षा अवस्था र निर्माण कार्यको प्रगतिका बारेमा जानकारी लिन एक उच्चस्तरीय टोलीले स्थलगत निरीक्षण गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (स.प्र.ना.म.नि.) किरण बस्नेत, नुवाकोट जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू तथा स्थानीय जनप्रतिनिधिहरूको संयुक्त टोलीले आयोजना स्थलको अवलोकन गरेको हो। निरीक्षणका क्रममा टोलीले आयोजनाको सुरक्षा प्रबन्ध, भइरहेको निर्माण कार्यको प्रगति तथा त्यहाँ आउन सक्ने सम्भावित सुरक्षा चुनौतीहरूका बारेमा चासो व्यक्त गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)