बाढीपीडितका लागि यी राहत सामग्री उपलब्ध गराउन प्राधिकरणको आग्रह
nepalsamaya.com · Sat Aug 29 03:46:00 GMT 2026

काठमाडौं- रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि खोज, उद्धार तथा राहत कार्य जारी रहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सहयोग गर्न इच्छुक व्यक्ति, संस्था तथा निकायलाई आवश्यक राहत सामग्री उपलब्ध गराउन आग्रह गरेको छ।
प्राधिकरणले प्रभावित परिवारलाई तत्काल र छरितो राहत व्यवस्थापन गर्न त्रिपाल, तिरपाल, डोरी, कम्बल, प्लास्टिक सिट, तकिया, सुत्ने झोला, सुत्ने म्याट तथा खाना पकाउने सामग्री आवश्यक रहेको जनाएको छ। खाना पकाउने सामग्रीमा भान्साका सामान तथा ग्यास सिलिन्डरसहितको चुलो समावेश छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)