राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपतिसँग गरे भेट
makalukhabar.com · Tue Sep 15 13:59:43 GMT 2026

काठमाडौं । राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालले सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् । आज शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा पुगेर अध्यक्ष दाहालले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।
भेटमा रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीले पुर्याएको मानवीय तथा भौतिक क्षति, खोजी, उद्धार तथा प्रभावितहरूलाई राहत, अस्थायी आवासको व्यवस्थापन तथा दीर्घकालीन पुनर्स्थापना लगायतका विषयमा कुराकानी भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)