बाढी प्रभावितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकले १५ करोडको राहत तथा पुनर्स्थापना कार्यक्रम ल्याउने
barnanmedia.com · Sat Aug 29 03:42:15 GMT 2026

काठमाडौं, भदौ १३। चौधरी फाउन्डेसन र नबिल बैंकले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि करिब १५ करोड रुपैयाँ लागतको बहुचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रम घोषणा गरेका छन्। कार्यक्रमअन्तर्गत तत्काल राहतदेखि अस्थायी आवास, स्थायी पुनर्स्थापना तथा दीर्घकालीन जनस्वास्थ्य पूर्वाधार निर्माणसम्मका काम अघि बढाइने भएको छ।
भदौ १० गते रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै फाउन्डेसन र बैंकले प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा पुनर्निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)