रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
nepalnews.com · Tue Sep 15 14:05:36 GMT 2026

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन्। रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ।
बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने जनाइएको छ। पछिल्लो राजनीतिक परिस्थितिबारे साझा धारणा निर्माण तथा आवश्यक समन्वयका विषयमा समेत बैठक केन्द्रित हुने बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)