कृष्णभिरमा बिहीबारदेखि दुईतर्फी सावरी सञ्चालन हुने
gorkhapatraonline.com · Tue Sep 15 14:08:13 GMT 2026

धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले असोज १ गते बिहानदेखि कृष्णभिर क्षेत्रको सडकमा दुईतर्फी सवारी सञ्चालन हुने जानकारी दिनुभएको छ । भदौ १४ गते आएको पहिरोका कारण बेनिघाट रोराङ गाउँपालिका – ७ कृष्णभिरस्थित पृथ्वीलोकमार्ग केही दिनयता पूर्णरुपमा अवरुद्ध छ ।
धादिङमा भदौ १६ गतेको पहिरोका कारण बेनीघाट रोराङ गाउँपालिका–१० ज्वाङखोलास्थित पृथ्वीलोकमार्ग र भदौ २६ गतेको पहिरोका कारण बेनीघाट रोराङ गाउँपालिका शितलबजारस्थित पृथ्वीलोकमार्ग भने एकतर्फी सुचारु छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)