डेभिड वार्नरले एनपीएलका सबैजसो म्याच खेल्ने काठमाडौँ गोर्खाजको अपेक्षा
nepalpress.com · Tue Sep 15 14:24:04 GMT 2026
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को आगामी सिजनका लागि विश्व क्रिकेटकै चर्चित अस्ट्रेलियन ब्याटर डेभिड वार्नरलाई अनुबन्ध गरेपश्चात काठमाडौँ गोर्खाजमा उत्साह छाएको छ । यो एनपिएलको अहिलेसम्मकै ठूलो र सम्भवत महंगो सम्झौता हो ।
विश्वकप विजेता खेलाडी वार्नरलाई एनपिएलमा ल्याउने प्रक्रिया करिब आठ–नौ महिना लामो निरन्तर प्रयासपछि सम्भव भएको काठमाडौँ गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहियाले बताए । उनका अनुसार वार्नरसँग करिब एक महिनाअघि नै सम्झौता पक्का भए पनि आवश्यक प्रक्रिया पूरा गरेर अहिले मात्र सार्वजनिक गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)