बेपत्ताको पहिचान खोज्दै गाउँमै पुग्यो जुम्ला प्रशासन
nagariknews.nagariknetwork.com · Tue Sep 15 14:20:11 GMT 2026

रसुवाको बाढीमा बेपत्ता भएका आफन्तको खोजीमा जुम्लाको पातारासीका परिवार दिन गन्दै बसेका छन्। गत भदौ १० गतेको विनाशकारी बाढीमा आफ्ना मान्छे गुमाएका परिवारको पीडा अझै उस्तै छ। आफन्तको अवस्था के भयो भन्ने टुंगो छैन।
यही अनिश्चितताबीच मंगलबार जिल्ला प्रशासन कार्यालय जुम्ला स्वास्थ्यकर्मी र मनोपरामर्शदातासहित पीडितको घरदैलोमा पुगेको छ। जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यको नेतृत्वमा जनस्वास्थ्य सेवा कार्यालयका स्वास्थ्यकर्मी, आवश्यक स्वास्थ्य जनशक्ति तथा मनोपरामर्शदातासहितको टोली पातारासी गाउँपालिकामै पुगेर बेपत्ता व्यक्तिका परिवारको डीएनए परीक्षणका लागि आवश्यक प्रक्रिया अघि बढाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)