रास्वपाले फेरि बोलायो सर्वदलीय बैठक
hamrakura.com · Tue Sep 15 00:00:00 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा बुधबार सर्वदलीय बैठक बस्ने भएको छ । रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ ।
बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने जनाइएको छ । बैठकमा शीर्ष नेतृत्वको सहभागिता रहने रास्वपाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)