ठमेलमा पक्राउ परेका ३५ जनालाई मुद्दा चलाइयो
nepalpress.com · Tue Sep 15 15:35:04 GMT 2026

काठमाडौँ । ठमेल क्षेत्रबाट पक्राउ परेका ३५ जनाका विरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । त्यस क्षेत्रमा सार्वजनिक मर्यादा एवं शान्ति भंग गर्ने, लागू औषध तथा यौनजन्य गतिविधि गर्न दुरुत्साहन गर्ने र बिचौलियाविरुद्ध मुद्दा चलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
ठमेलमा स्वदेशी तथा विदेशी पर्यटक, ग्राहक एवं सर्वसाधरणलाई लागू औषध तथा यौनजन्य गतिविधि गर्न दुरुत्साहन गर्ने, दुःख हैरानी तथा अभद्र व्यवहार गर्ने व्यक्तिहरु पक्राउ परेका थिए । मंगलबार दिउँसो १ बजेदेखि ५ बजेसम्म ठमेलका सार्वजनिक स्थल, सडक खण्डमा स्वदेशी तथा विदेशी पर्यटक, ग्राहक, सर्वसाधारण नागरिकलाई लागुऔषध तथा यौनजन्य गतिविधि गर्न दुरुत्साहन गर्नेहरु पक्राउ परेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)