मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
ratopati.com · Mon Feb 24 17:40:00 GMT 2025

शान्ति प्रक्रियापछिका लगातार चार वटा संघीय निर्वाचन र २ वटा स्थानीय तहको निर्वाचनमा माओवादी मधेसमा कहिल्यै पहिलो दल बन्न सकेन। मधेसको मुद्दा र एजेन्डा स्थापित गर्ने भूमिका माओवादी आन्दोलन र जागरणबाट नै भए पनि त्यसको बुझाई जनतासम्म स्पष्ट लैजान नसक्नु नै माओवादीको कमजोर पक्ष देखिन्छ।
आफ्नो पहलमा स्थापित भएका एजेन्डा तलसम्म लैजान आवश्यक पर्ने सङ्गठन निर्माणमा माओवादीको ध्यान मधेसमा कहिल्यै प्राथमिकतामा परेन। बदलिँदो राजनीतिक दुष्चक्रमा परेर हो कि सहज यात्राको लागि माओवादीले बेलाबेला विचार मिल्ने वा नमिल्ने जो कोहीसँग गठबन्धन वा तालमेलको नीति अख्तियार गर्दै गयो। नेकपा विघटन पछि लगभग ४ वर्ष सङ्गठन विहीनताको अहिलेको अवस्थासम्म मधेसमा अन्यौलता र कार्यकर्तामा निराशा उस्तै छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)