बानेश्वरबाट सुनका गरगहना चोरी गर्ने युवक पक्राउ
ratopati.com · Tue Sep 15 15:55:29 GMT 2026

काठमाडौँ । काठमाडौँको बानेश्वरस्थित एक घरबाट सुनका गरगहना चोरी गरेको अभियोगमा प्रहरीले रामेछापका एक युवकलाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र मातहतको प्रहरी वृत्त बानेश्वरको टोलीले २३ वर्षीय दिपेश मग्रान्तीलाई पक्राउ गरेको हो।
रामेछाप नगरपालिका वडा नम्बर १ घर भई हाल काठमाडौँको बानेश्वर बस्दै आएका मग्रान्तीलाई सोमबार साँझ बानेश्वर क्षेत्रबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीमाथि सोमबार बिहान १ बजे काठमाडौँ महानगरपालिका वडा नम्बर १० स्थित एक घरमा छिरी सुनका गरगहना चोरी गरेको आरोप छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)