बंगलादेशमा शेख हसिनाको पार्टीका सात वरिष्ठ नेतालाई मृत्युदण्ड सजाय
annapurnapost.com · Tue Sep 15 15:48:12 GMT 2026

काठमाडौं : बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले प्रतिबन्धित अवामी लिगका सात वरिष्ठ नेतालाई सन् २०२४ को विद्यार्थी आन्दोलनका क्रममा मानवताविरुद्धको अपराध गरेको ठहर गर्दै मृत्युदण्ड सुनाएको छ।
न्यायाधिकरणले मंगलबार उनीहरूलाई आन्दोलनका क्रममा हिंसा भड्काउन, हिंसाको निर्देशन दिन वा त्यसलाई प्रोत्साहन गर्न भूमिका खेलेको ठहर गरेको हो। उक्त आन्दोलनलाई ‘जुलाई विद्रोह’का नामले समेत चिनिन्छ। तीन सदस्यीय न्यायाधिकरण (आईसीटी–२) को अध्यक्षता न्यायाधीश मोहम्मद नजरुल इस्लाम चौधरीले गरेका थिए। सातै अभियुक्तको अनुपस्थितिमा मुद्दाको सुनुवाइ भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)