श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता
khabarhub.com · Tue Sep 15 16:06:05 GMT 2026

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फिरदौस अजमानबीच आज मन्त्रालयमा द्विपक्षीय भेटवार्ता भएको छ ।
भेटवार्ताका क्रममा मन्त्री यादवले मलेसियाको एफडब्लुसिएमएसमा नेपालका केही इजाजत पत्र प्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थालाई मुख्य र सहायक संस्थाका रूपमा सूचीकृत गरिएको विषयप्रति सरकार गम्भीर रहेको जानकारी गराउँदै संस्था सूचीकृत मूल्याङ्कन प्रणाली तथा मापदण्ड नेपाल सरकारलाई आधिकारिक रूपमा उपलब्ध गराउन अनुरोध गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)