पेट्रोलियम पदार्थको मूल्य यथावत्, ग्यासको मूल्य के भयो ?
aarthiknews.com

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य तत्कालका लागि यथावत् राख्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको तथा भारतीय आयल कर्पोरेसन (आईओसी)बाट प्राप्त नयाँ खरिद मूल्य बढेर आए पनि रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण सिर्जित असहज परिस्थितिलाई ध्यानमा राख्दै निगमले मूल्य नबढाउने निर्णय गरेको हो।
निगमका अनुसार आईओसीबाट भदौ ३० गते प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ ४० पैसा र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ६८ पैसा बढेर आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)