वातावरण दिवसको अवसरमा बाँकेमा सचेतनामुलक सडक नाटक
ajakoartha.com · Sat Jun 06 04:54:00 GMT 2026

काठमाडौं- विश्व वातावरण दिवसको अवसर पारेर बास नेपालको आयोजनामा बाँकेका विभिन्न स्थानमा वातावरण संरक्षणसम्बन्धी सचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ ।
वातावरण संरक्षण, फोहोर व्यवस्थापन, प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगबाट हुने नकारात्मक असर, जलवायु परिवर्तन तथा मानव जीवनमा वातावरणीय संकटले पार्ने प्रभावबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त सडक नाटक प्रदर्शन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)