कांग्रेस महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान
rajdhanidaily.com · Tue Sep 15 16:46:16 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत आगामी ३ र ४ असोजमा हुने वडा अधिवेशनमा कुनै अलमलमा नपरी उत्साहका साथ सहभागी हुन सम्पूर्ण क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान गरेका छन् ।
सभापति थापाले आज मंगलबार विज्ञप्ती जारी गर्दै नेपालको संविधान, नेपाली कांग्रेसको विधान र प्रचलित कानुनबमोजिम हुन लागेको महाधिवेशनमा सबैको सहभागिता सुनिश्चित गर्न पार्टीले अधिकतम प्रयास गर्दै आएको उल्लेख गरेका छन् । उनले लोकतन्त्रमा फरक मत हुनु स्वाभाविक रहेको भन्दै पार्टीभित्रका आन्तरिक मतभेद र असमझदारीलाई संवाद, विधि तथा पद्धतिबाट समाधान खोज्नु लोकतन्त्रको सुन्दर पक्ष भएको बताए । कांग्रेसमा फरक मतलाई स्वीकार गर्दै विधि र पद्धतिका आधारमा समाधान खोज्ने परम्परा रहँदै आएको उनको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)