आयल निगमलाई पाक्षिक १ अर्ब बढी घाटा
baahrakhari.com · Tue Sep 15 17:00:10 GMT 2026

काठमाडौं । नेपाल आयल निगमले १५ दिनमा एक अर्ब भन्दा बढी घाटा हुने देखिएको बताएको छ । अन्तर्राष्ट्रिय बजारअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन नहुँदा पाक्षिक १ अर्ब ९१ करोड ६९ लाख घाटा हुने देखिएको निगमले जनाएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलमा प्रतिलिटर १२ रूपैयाँ ४० पैसा बढेर आए पनि निमगले मूल्य यथावत् राखेको छ । यस्तै, डिजेलमा पनि चार रूपैयाँ ६८ पैसा प्रतिलिटर बढ्दा मूल्य यथावत् राखिएको हो । ''भोटेकोशी बाढीमा आएको असाधारण बाढीका कारण सिर्जिन परिस्थितिलाई मध्यनजर गर्दै सञ्चालक समितिको निर्णयअनुसार साबिकको खुद्रा विक्री मूल्यलाई नै यथावत् राखिएको छ,'' निगमले भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)