शव दुर्गन्धित हुनबाट रोक्ने सुक्खा बरफको अभाव
gorkhapatraonline.com · Sat Aug 29 04:13:29 GMT 2026

ई आइस (सुक्खा बरफ) को अभावमा चितवनमा सङ्कलन गरिएका शवलाई सुरक्षित राख्न समस्या भएको छ । बढ्दो गर्मी तथा घामपानीका कारण शव छिटो दुर्गन्धित हुन थालेपछि चिसोमा राख्नुपर्ने अवस्था भए पनि सुक्खा बरफ उपलब्ध हुन नसकेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले चितवनमा तत्कालका लागि सुक्खा बरफ उपलब्ध हुन नसकेको बताउनुभयो । “हामीले शव सङ्कलन गरेर राख्न सुरु गरिसकेका छौँ तर शवलाई बिग्रन नदिई चिसोमा राख्न ‘ड्राई आइस’ आवश्यक पर्छ । त्यो उपलब्ध हुन सकेको छैन,” उहाँले भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)