पोखरा विश्वविद्यालयका पदाधिकारी, शिक्षक र कर्मचारीले ७० लाख सहयोग गर्ने
gorkhapatraonline.com · Sat Aug 29 04:10:19 GMT 2026

रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा आएको भीषण बाढी तथा प्राकृतिक विपदबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पोखरा विश्वविद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब ७० लाख रुपियाँ सहयोग गर्ने भएको छ।
पोखरा विश्वविद्यालय कार्यकारी परिषद्को भदौ १३ गते बसेको बैठकले विश्वविद्यालयमा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारीबाट तहअनुसार निश्चित रकम संकलन गरी कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)