बाढीले क्षतिग्रस्त ६ झोलुङ्गे पुल पुनर्निर्माण गरिने
barnanmedia.com · Sat May 30 23:25:49 GMT 2026

बाढीपहिरोले बगाएका काभे्रपलाञ्चोकका ६ झोलुङ्गे पुल पुनर्निर्माण गरिने भएका छन् । विशेषगरी जिल्लाको दक्षिणी क्षेत्रमा रोशी खोलाको बाढीपहिराले बगाएका ती पुल निर्माणार्थ अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएको हो ।
विसं २०८१ असोज १०–१२ गतेको अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण क्षति पुगेको पक्की पुलसहित क्षतिग्रस्त झोलुङ्गे पुल झन्डै दुई वर्षपछि पुनर्निर्माण हुने भएका छन् । उक्त बाढीका कारण जिल्लाको नमोबुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिका जोड्ने झोलुङ्गे पुलमा पनि क्षति पुगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)