युद्धको साक्षी त्यो बेत्रावती
nepalnews.com · Sat Aug 29 04:15:44 GMT 2026

श्री ५ रणबहादुर शाहको राज्यकालमा नेपालले चीनसित पनि युद्ध गर्नु परेको थियो। नेपाल र चीनको बीच यही एक पटक मात्र युद्ध भएको थियो। तर, तिब्बतसित भने नेपालले धेरै पटक लड्नु परेको थियो। अनि चीनसित भएको यस युद्धको कारण पनि नेपाल र तिब्बतकै सम्बन्ध थियो। यो लडाइँ संवत् १८४८-४९ सालमा भएको थियो।
संवत् १८२५ सालमा श्री ५ पृथ्वीनारायण शाह नेपाल अधिराज्यका राजा हुनुभन्दा अगाडिदेखि नै उपत्यकाका मल्ल राज्यहरू एवं तिब्बतको बीच व्यापारिक सम्बन्ध स्थापित भएको थियो। अनि गोर्खाका राजा राम शाहले पनि तिब्बतसित सम्बन्ध स्थापना गरेका थिए। काठमाडौँ उपत्यकाका मल्ल राज्यहरूको तिब्बतसितको सम्बन्ध सत्रौँ शताब्दीमा कान्तिपुरका राजा प्रताप मल्लको राज्यकालदेखि प्रारम्भ हुन गएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)