बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा बाँड्ने २९ जना पक्राउ, ९२ लाख बरामद
clickmandu.com · Sat Aug 29 04:15:26 GMT 2026

काठमाडौं । त्रिशूली नदीमा आएको बाढीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम बाँडफाँट गरेको आरोपमा धादिङबाट २९ जना पक्राउ परेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका व्यक्तिहरूको साथबाट हालसम्म ९२ लाख ६८ हजार ५०५ रूपैयाँ बरामद गरिएको छ । धादिङ प्रहरीले यसबारे आधिकारिक विज्ञप्ति जारी गर्ने तयारी गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)